
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति सरकारी निवास शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ ग्रहण गरेका हुन् ।

यस्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतल निवासबाट बाहिरिएकी छन् । लगातार २ कार्यकाल राष्ट्रपति पद सम्हालेकी उनी अब बूढानीलकण्ठस्थित छोरी उषाकिरणकहाँ बस्नेछिन् ।