जनकपुरधाम- मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको हो ।
प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले विशेष कारणले गर्दा प्रदेशसभाको बैठक स्थगन भएकोे बताए । उनले फागुन २२ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
दोस्रो पटक प्रदेशसभाको बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।