धनुषा- बालिका सशक्तिकरण परियोजना अन्तर्गत शिक्षकलाई बृहत्तर यौनिकता शिक्षा सम्बन्धी ५दिने तालिम प्रदान गरिदैछ।
सपार्ट नेपालले प्लान इन्टरनेशलको आर्थिक सहयोगमा जनकपुरधाम स्थित वेलकम होटेलमा पुस ५ गते देखि सुरु भएको तालिम ९ गते सम्म संचालन हुने कार्यक्रम संयोजक सरीता साहले जानकारी दिएकी छिन्।
परियोजनाका संचालित धनुषाको शहिद नगर नगरपालिका र कमला नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयका स्वास्थ्य शिक्षा पठाउने र प्रधानाध्यापक सहित २३ जनालाई तालिममा सहभागी गराइएको कार्यक्रम संयोजक साहले बताइन् ।
रामकृष्ण पराजुली प्रशिक्षक रहेको यसको तालिमको मुख्य उद्देश्य किशोरकिशोरीहरूलाई विवाह र गर्भावस्थामा ढिलाइ गर्न मुख्य सन्देश सहित बृहत्तर यौनिकता शिक्षा पाठ्यक्रमको प्रभावकारी अध्यापन गराउन शिक्षकहरूको क्षमता अभिवृद्धि रहेको बताइएको छ।
तालिममा मानव शरीरको समझ, र सम्बन्ध, भावनात्मक संलग्नता र प्रेम, सेक्स, लिङ्ग, लैङ्गिक पहिचान, यौन अभिमुखीकरण, यौन घनिष्ठता, आनन्द र प्रजनन, यौनिकता, सामाजिक, मनोवैज्ञानिक, आध्यात्मिक, धार्मिक, राजनीतिक, कानुनी, ऐतिहासिक, नैतिक र सांस्कृतिक आयाम जस्ता विषय वस्तुहरु समावेश गरिएकोछ।
यसले बालबालिका र युवाहरूलाई ज्ञान, सीप, मनोवृत्ति र मूल्यहरू प्रदान गर्ने उद्देश्य राख्दछ जसले तिनीहरूलाई सशक्त बनाउँछ:
तालिम पश्चात शिक्षकहरुले आफ्ना विद्यालयमा बृहत्तर यौनिकता शिक्षा सम्बन्धी यौनसँग सम्बन्धित सामान्य ज्ञान प्रदान गर्नु मात्र होइन, विद्यार्थीहरूलाई ज्ञान, सीप, मनोवृत्ति र अरूसँग सहज रूपमा बाँच्नको लागि मूल्यहरू पनि सुनिश्चित गर्न सहयोग पुर्याउने रहेको कार्यक्रम संयोजक साहले बताइन् ।
साथै क्षमता अभिवृद्धि तालिम पूरा गरिसकेका शिक्षकहरूले आफ्ना सह-शिक्षकहरूका लागि पुन: तालिम सञ्चालन गर्ने समेत उद्देश्य रहेको बताइएको छ।