जनकपुरधाम- शारीरिक शो षणमा परेकी एकजना एकल मनोसामाजिक अपाङ्गता भएकी महिलाले बच्चा जन्म दिएकी छन् ।
बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका-१ चीउटाहा निवासी मनोसामाजिक अपाङ्गता भएकी एकल महिलासँग लामो समयदेखि स्थानीय एक युवकले बला त्कार गर्दै आएका थिए । बलात्कारका कारण गर्भवती भएकी महिलाले मंगलबार साँझ बच्चा जन्म दिएकी हुन् ।
महिला र शिशुलाई हाल वीरगञ्जस्थित मानवसेवा आश्रमले बारा प्रहरीको सहयोगमा आफ्नो संरक्षणमा राखेको छ ।
बारा प्रहरीका अनुसार श्रीमानको निधन पश्चात एक्लै बस्दै आएकी महिलासँग विगत सात वर्षदेखि स्थानीय ३१ वर्षीय राजाराम कुशवाहा नामक युवकले बला त्कार गर्दै आएका थिए । महिलाको मनोसामाजिक अपाङ्गताको फाइदा उठाउँदै कुशवाहले उनिसँग पटक-पटक बला त्कार गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र यादवले यात्राडेलीलाई बताए ।
बला त्कारका कारण महिला गर्भवती भएपछि कुशवाहले उनलाई वेवारिसे बनाई छोडेर हिडेका थिए । वेवारिसे अवस्थामा गर्भवती महिला रहेको र उनलाई हेरचाह गरिदिने कोही नभएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि बारा प्रहरीले उनलाई उद्धार गरेर पाँच दिन अगाडी मानवसेवा आश्रमको जिम्मा लगाएको थियो ।
आश्रममै महिलालाई प्रसव पिडा भएपछि उनलाई वीरगञ्जस्थित प्रभु अस्पतालमा लागिएको र मंगलबार साँझ त्यही उनले छोरीलाई जन्म दिएको आश्रमका संयोजक देवेश गुप्ताले बताए । गुप्ताका अनुसार महिला र शिशुको स्वास्थ्य आवस्था सामान्य छ ।
महिलाको पहिलादेखि नै एकजना ९ वर्षीय छोरी रहेको इन्स्पेक्टर यादवले बताए । उनलाई पनि मानवसेवा आश्रमकै जिम्मा लगाइएको छ ।
महिलाको छोरीले दिएको बयानको आधारमा प्रहरीले कुशवाहविरुद्ध जब रजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ । कुशवाह भने फ रार छन् । उनको खोजी कार्य भइरहेको यादवले बताए ।
यद्दपी कुशवाह अहिलेपनि गाउँमै रहेको स्थानीयले बताएका छन् । पैसा र राजनीतिक दवावका कारण प्रहरीले उनलाई प क्राउ नगरेको स्थानीयको गुनासो छ ।
साभार स्रोत-यात्रा डेलि अनलाईन बाट