काठमाडौं । जीवनसाथी खोज्न बिहेनेपाल एप सार्वजनिक भएको छ । राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो ।
दीर्घकालीन सम्बन्धको खोजिरहेमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो एप सञ्चालनमा ल्याएका हुन् ।
यससँगै एपले संभावित साथीहरु एकैठाउँ, आफ्नै मोबाइलसम्म ल्याइदिने सहसस्थापक श्रद्धा कटुवालले बताइन् । बिहे नेपाल नोभेम्बर २०२१ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएकोमा बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
उनका अनुसार एप गत कात्तिक महिनामा पहिलो पटक टेस्टका लागि रिलिज गरिएको थियो । लगत्तै मानिसहरुको क्रेज बढेको छ । हालसम्म एपमा तीन हजारभन्दा बढी युजरहरु नेटवर्कमा जोडिएका छन् ।
‘अनलाईन डेटिङ्ग र मेट्रिमोनी अहिलेसम्म हाम्रो समाजको प्रचलन बसिसकेको छैन । यो एपले नयाँ ट्रेन्ड बसाल्न र जीवनसाथीको खोजीमा लागेका नेपालीको सहज बनाउन अब मार्केटमा आएको छ’ को फाउन्डर श्रेया कटुवालले भनिन् ।
यो सञ्जालले जीवनसाथीको खोजिमा सक्रिय रहेका प्रयोगकर्ताहरुले उमेर, शिक्षा, बसोबास, स्थान जस्ता छनोटबाट खोजि कार्य साँघुरो बनाउँदै लैजाने उनीहरु बताउँछन् । जब आफूलाई उपयुक्त व्यक्ति भेटिन्छ तब उनीहरु च्याटमार्फत आपसमा कुराकानी गर्न सक्छन् ।
बिहेनेपालमा सर्वसाधारणको लागि फ्रि रजिष्ट्रेसन रहेको छ भने भिआईपी क्लबलाई सदस्य बन्नको लागि ४९ हजार रुपैयाँ लाग्छ । जहाँ सबैको पहुँच हुँदैन ।
प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा ड्राइभिङ लाइसेन्स उपलब्ध गराउनुपर्नेछ । विहेनेपालले यी परिचयपत्रको आधारमा परिचय प्रमाणित गर्नेछ ।
प्रमाणित प्रोफाइलहरुले हरियो संकेत चिन्ह प्राप्त गर्नेछन् । त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्नेछन् । – सेतोपाटी