महेन्द्रनगर- नेकपा एमाले क्षीरेश्वरनाथ नगरपालिकाको दोश्रो नगर अधिवेशन नयाँ नगर कमिटि गठन गर्दै सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र यादवको अध्यक्षतामा ५५ सदस्यीय क्षीरेश्वरनाथ नगरपालिकाको नगर कमिटि गरिएको छ ।
नव गठित नगर कमिटिको उपाध्यक्षमा अनिल चौधरी, सचिवमा रामकृष्ण यादव, उपसचिवमा निर्मला सिंह लगायत रहेका छन्।
एमालेका केन्द्रिय सचीव रघुबिर महासेठको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा जुलि महतो लगायत केन्द्रिय, प्रदेस र जिल्ला कमिटी लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।