क्षेत्र नं. १ मा बर्दिबासको मुड लाई महत्वका साथ लिइन्छ । तपाईको बुझाईमा बजरंग नेपालीको प्यानलको पोजिशन कस्तो छ ?
- बर्दिबासमा मात्र होईन सम्पूर्ण क्षेत्रहरुमा अहिले सम्म हामी एक नम्बरमा छौ । क्षेत्र नं. १ तिर त बजरंग नेपाली र हाम्रो समूहलाई ‘अग्र्रयानिक टिम’ भनी उपमा दिइसक्नु भएछ दाजू, दिदिहरुले । क्षेत्र नंं १ बाट म आफै उपसभापतिको क्यन्डिडेट भै होले । मैले अहिले सम्म आफ्ना क्षेत्रका प्रयि काँगे्रसी दाजुभाईहरुको चित दुखाएको छैन् । काँगे्रसको सिर निहराउने काम गरेको छुइन र सँगठन सुदृढीकरणको महत्व वारे अवगत छु । र सबैभन्दा महत्पूणर् छ बजरंग नेपालीको पृथक राजनीतिक छबी । सालिनताका धनी हुनुहुन्छ बजरंंग दाइ । बर्दिबाशको चर्चा सुन्नुहुन्छ भने सबैको एउटै बुझाई छ बजरंग नेपली सबैभन्दा सबल, सबैभन्दा कुशल र सबैभन्दा योग्य क्यान्डिडेट हुन । महोत्तरीमा जसरी सँगठन यथास्थितीमा रुम्मलिएको छ त्यसलाई चलायमान बनाउने क्षमता केबल बजरंग नेपालीमा छ । तिनै जना क्यान्डिडेट मध्ये सँगठनको लागि निष्ठापूर्वक काम गर्न सक्ने क्षमता केबल बजरंग मा छ । क्षेत्र नं. २ मा पनि बजरंग दाईको ब्यक्तित्वले अब्बल स्थान आगेटेको छ । उहाँको साँगठनिक एबं लोकतान्त्रिक युवा नेताको रुपमा परिचीत छबीले आम मतदाताको मनमा डेरा जमाएको छ ।
क्षेत्र नं. ३ उहाँको जन्मभूमी नै भयो । क्षेत्र नं. ३ मो माटोले बजरंग नेपालीमा राजनीतिक संस्सकार दिएको छ । प्रजातन्त्रका अथक योद्धा गणेश नेपाली र दाना देबी का पुत्र बजरंग नेपालको लोकपियताको तुलाना काफी छ । ३ नं. क्षेत्रको अधिवेशनमा बिपक्षीको मतदाता माथिको ह्वीपका बाबजुद बजरंगको सानदार जीतले प्रस्ट गरेको छ की हामी त्यहाँ अधिक मतले अग्रस्थानमा छौ । क्षेत्र नं. ३ का काँगे्रसी दाजु भाईहरुले पच्चिस वर्ष पश्चात सभापति पाउने दिन आएको छ । ३ नं. क्षेत्रका जनताले यो सुग्योग्य अवसर गुमाउला कसैले नसोँचे हुन्छ ।
- अर्ग्यानिक टिम ?
- हाम्रो हौसला बुलंद गर्न अधिवेशनका मतदाता साथीहरु लगयात दुरुस्त संगठनको महत्व बुझ्नेहरु आम काँग्रेसीजनले हामीलाई अग्रयानिक टिम भन्नु भएको छ । अहिले सभापतिमा उभिएका तीनै प्यानल मध्ये साँगठनिक निष्ठा बजरंग नेपालनी मा छ । र अहिले काँग्रेसमा सँगठनीक सुदृढीकरण गर्नसक्ने चरित्र भएको नेताको आवश्यकता छ । र यो केबल बजरंग नेपालीको प्यानलमा छ । यही आम बुझाईका कारण हामीलाई अग्रयानिक क्याण्डिेडेट भनिँदैछ होला ।
बजरंग नेपालीको प्यानलबाट तपाईँ जिला सभापतिमा चुनाब लड्दै हुनुहुन्छ । केन्द्रमा तपाइँहरुको कित्ता कुन हो ?
निश्चितरुपमा केन्द्रिय अधिवेशनमा देखिएका लोकप्रिय रुपान्तरणकारी मत ल्याएका आदरणीय शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्माहरुको आर्शिवाद हामी सँग छ नै । साथै आदरणीय विमलेन्द्र निधि, शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता प्रभावशाली नेताहरुको अथाह सदभाव बजरंग नेपालीको प्यानल लाई छ । हेर्नुस बजरंग नेपाली यस्तो अनुहार हो जसको प्रति सबै दिग्गज नेताहरुको समभाव छ । अवसर बाट सदैव बंचित संघर्षशिल एबम कर्मठ नेता बजरंग नेपाली काँगे्रसको जिला सभापति बन्न पाउनु पार्टीमा आवश्यक रुपान्तरण ल्याउन सकिन्छ भनी बुझाई रखेका सम्पुणर् नेताहरु बजरंग नेपालीको जितको प्रतिक्षामा रह्नुभएको छ ।
म २०५४ सालमा नेपाल विद्ययार्थी संघको जिला सभापति बनेका थिए । निरन्तर ६ वर्ष जिला नेवीसंघ चलाउने मौका पाएका थिए। २०६२/०६३ सालको जनआन्दोलनमा मैले गोली खाएको थिए । म निरन्तर नेपाली काँगे्रसको बिभिन्न सँगठनमा बसेर काम गर्ने मौका पाएको छु । म तरुण दलको पनि संयोजक भई पार्टीको लागि अहोरात्र खटेकै छु जस्तो लाग्छ । वजरंग नेपाली सभापति रहेको प्यानलबाट म उपसभापति लड्दैछु यो मेरो लागि गर्वको विषय हो । म नेवीसंघको जिला सभापति हुँदा बजरंग नेपालीसँग नजिक बाट संघत गर्ने अवसर जुटेको थियो । त्यतिबेला पनि बजरंग दाईको अर्जुन दृष्टि सँगठन बिस्तार र सुदृढीकरण मै हुनेगथ्र्यो । १४आँ महाविधवेशन बाट बजरंग दाई सहित हामी आए पश्चात महोत्तरी जिलामा नेपाली काँगे्रस गुठउपगुठको राजनीति भन्दा माथि सोँचेर संगठन हितको लागि सर्मित रहनेमा विश्वस्त छौ ।
फेरी अन्त्यमा, बर्दिबासको मन कता ढल्केको छ ?
तीन वटै प्यानल मध्ये बजरंग नेपाली र मंदिम भारतीहरुको प्यानल सबैभन्दा राम्रो हो । मैले अघि पनि भने बर्दिबाश मात्र होईन सम्पूणर् क्षेत्रका साथीहरुले यसपाली संगठन सुधारको लागि भोट गर्ने मुड बनाइ सक्नुभएको छ । महोत्तरी काँगे्रसमा फगत परिवर्तनको आवश्यकता छैन् की आमुल रुपान्तरणको माग उठिसकेको छ । बर्दिबाशका केही युवा केही सिनियर नेताज्यूहरुको आफ्नो राजनीतिक बाध्यता होला जसको कारण उहाँहरु भौतिक रुपले यता उता घुमेको जस्तो लाग्न सक्छ । तर बर्दिबाशले आफ्नो “मन र मत” बजरंग नेपाली-मंदिप भारतीको प्यानललाई दिइसक्नु भएको छ ।