जनकपुरधाम- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार सम्पन्न धनुषा जिल्लाको मतदानको मतगणना जारी रहेको छ ।
धनुषाको कांग्रेसको सभापती तर्फ ६९३ मतपत्र सम्मको गणना गर्दा संस्थापन पक्षका संतोष यादवले अग्रता बनाइरहेको छ । अहिले सम्मको मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार २६५, संतोष यादव २९२ र दिनेश प्रशौला ८० मत प्राप्त गरेका छन् । ५६ मत बदर भएको छ ।
कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार अबेर राती सम्पन्न मतदानको मतगणना आज दिउँसो दुई बजेर ३५ मिनेट देखि शुरु भएको हो ।
४ निर्वाचन क्षेत्र रहेको धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको छ। धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहे ।
धनुषाको सभापती सहित ९१ पदका लागि कुल २ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।