महोत्तरी - ११२औं अन्तर्राष्ट्रिय नारी दिवस महोत्तरीको औरही नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। "सामाजिक न्याय र लैंगिक समानता,दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ औरही नगरपालिका अन्तर्गत महिला विकास शाखाको आयोजना तथा महिला विकास शाखा प्रमुख सबिना यादवको अध्यक्षता र नगरप्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।
नेपाल सहित विश्वभरिका महिलाहरूले हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै विभिन्न कार्यक्रमहरू गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएका छन । सोही अवसरमा महोत्तरीको औरही नगरपालिका जनप्रतिनिधि र कर्मचारी स्थानीय समाजसेवीहरूको सहभागीतामा महिला अधिकार सम्बन्धि विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानर सहितकाे र्याली निकाली नगर परिक्रमा गरिएको थियो ।
त्यसैगरी दिवसकै अवसर पारेर नगरपालिका मेयर सुनिल कुमार यादवले एम्बुलेन्स संचालन ल्याएकाे घाेषणा गरे।महिला दिवसको अवसरमा आएका महिलाहरुकै हात बाट विधिवत पुजा अर्चना गरी एम्बुलेन्स सेवाको शुभारम्भ गरिएकाे छ। एम्बुलेन्स संचालन भएपछि यस नगरपालिका र यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।एम्बुलेन्सको उदघाटन गर्दै मेयर यादवले जनताको सेवामा समर्पित सेवा मानवीय धर्म हुने र नगरमा सहज सञ्चालनका लागि सहज वातावरणमा आफूले संकरात्मक भुमिका खेल्ने बताए ।
एम्बुलेन्स सञ्चालनको क्रममा पहिलो सेवाग्राहीलाई निःशुल्क सेवा दिने र शुरुवातको पहिलो महिना सबै सेवाग्राहीलाई विशेष छुटमा एम्बुलेन्स सञ्चालन गर्ने मेयर यादवले बताए।
उनले अरु निजि संस्था भन्दा नगरपालिकाले अरु बेला पनि सस्तोमा विरामीलाई सेवा पुर्याउने उद्देश्यले एम्बुलेन्स संचालन गरेको जानकारी दिए।एम्बुलेन्स नहुँदा अन्यत्रबाट मगाउनु पर्दा नगरवासीलाई भईरहेको असुविधा तथा महँगो खर्चलाई ध्यानमा राखी एम्बुलेन्स सेवा नगरपालिकाबाट संचालन गरेको मेयर यादवको कथन रहेको छ।
भिडियो र फोटो
https://www.facebook.com/shirishonline1/videos/366422555125929
https://www.facebook.com/shirishonline1/videos/724174778567207