महोत्तरी – महोत्तरीको गौशालामा हुनै लागेको एक वालविवाह रोकिएको छ ।
गौशाला नगरपालिका ६ फुलकाहामा बुधवार राति जन्ती सहित गर्न लागिएको एक १४ बर्षिया वालिकाको विवाह रोकिएको हो । प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालका अनुसार दिलेचन महतोले आफनी छोरीको गर्न खोजेका वालविवाह प्रहरीको टोलीले रोकेहो ।



प्रहरीले गोप्य सुचना पाए लगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, वुद्धिजिवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक वस्यालले जानकारी दिए ।




