जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको शुक्रबार भएको मतदान सम्पन्न भएकोछ । निर्वाचनमा छ ।
कुल ३ हजार १७३ डेलिगेट्स मतदाता रहेकोमा २ हजार ८१४ मत खसेको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए।
धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७१० मध्ये ६३४ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको हो ।
मतगणना आजै राति ९ बजेदेखि सुरु गर्ने र आजै रातिसम्म मतपरिणाम ल्याउने तयारी थालिएको निर्वाचन अधिकृत ज्ञवालीले जनाए ।
यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा २ हजार ९१२ मत खसेको थियो ।
पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा गएको थियो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । १५१ वटा मत भने बदर भएको थियो ।
दोश्रो चरणमा पजियार र यादव बीच प्रतिस्पर्द्धा भइरहेको छ। पहिलो चरणबाट बाहिरिएका प्रसैलाले पजियारलाई समर्थन जनाइसकेको घोषणा गरिसकेको हुँदा पजियारको जीत सुनिश्चित रहेको बताइएको भएपनि चुनाव हो परिणाम नआएसम्म केहि भन्न नसकिने अवस्था रहेको छ।