
जनकपुरधाम - जनकपुरधाममा आज होली मनाईएको छ।


शुक्रबार तराई मधेसका अधिकांश जिल्लाहरु र पहाडी क्षेत्रमा विहिवार नै होली मनाइएको भएपनि जनकपुरमा आज शनिवार मात्र मनाइएको हो ।

जनकपुरधाममा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न होली गीत गाउँदै होली पर्व मनाइएको छ भने युवाहरुले जनकपुरधामको विभिन्न चोकहरुमा मटका फोर प्रतियोगिताको आयोजना समेत गरेका थिए ।

पछिल्लो दुई वर्ष कोरोनाको महामारीको कारण खुलेर होली खेल्न नपाएको जनकपुरवासीले यस वर्ष उल्लासमय वातावरण होली मनाएका छन् ।

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ अबिर लगाएर मनाउने चलन छ ।





























