महोत्तरी। आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभर बाट एक लाख आवेदन माग गरेको छ । म्यादी प्रहरीको आवेदन दिनेहरुको जिल्ला प्रहरी कार्यालय महोत्तरी अगाडी आज विहानै देखि भिड लागेको छ ।
महोत्तरीमा कुल १५ वटा स्थानीय तह रहेको छ ।
१० नगरपालिका र ५ वटा गाउँपालिकाको लागि महोत्तरीमा २ हजार ७३६ जना म्यादी प्रहरी माग गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । म्यादी प्रहरी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो ।
म्यादी प्रहरी भर्नाको आवेदन चैत ६ गते देखि ११ गते सम्मको लागि आवेदन खुल्ला गरिएको छ ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गते देखि प्रशिक्षण सुरु हुने प्रवक्ता विष्टले बताए ।