वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेका छन्।मधेश प्रदेशको पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को पोखरियास्थित सोमबार आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा नर्तकी नचाएको हो।पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि मधेश प्रदेशका मुख्यमन्त्री समेत सामेल भएको सो कार्यक्रममा मान्छे जम्मा पार्नको लागि ओरकेष्ट्रा नचाएको हो।
यसअघि रौतहट जिल्लामा विभिन्न ठाउँमा पूर्व मन्त्री समेत रहेका पूर्व माओवादीका नेता (हाल एमाले)प्रभु साहले नर्तकी नचाएर विभिन्न कार्यक्रमहरु गरेपछि चौतर्फी आलोचना भएको थियो।



केही महिनाअघि मात्र सिरहा जिल्लास्थित पूर्व मन्त्री एवम् जसपाका नेता राजकिशोर यादवले समेत ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेपछि आलोचना भएको थियो। प्रदेशका मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिहरु आसिन मँचमा ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गर्दा समाजिक संजालमा आलोचना भएको छ।नर्तकी नचाएर पार्टी प्रवेश कार्यक्रम गराएको भन्दै आलोचना भएको हो।
समाजिक संजाल प्रयोगकर्ताहरुले मान्छे जम्मा पार्नको लागि मात्र नर्तकी नचाएको पनि टिप्पणी गरिएको छ।जसपाले पार्टी प्रवेश कार्यक्रममा ओरकेष्ट्रा नचाएपछि मधेश प्रदेश नाम हटाएर मिनी बिहार नाम राख्नुपर्ने जस्ता टिप्पणी गरिएको छ। – न्यूज ब्यूरो
https://www.youtube.com/watch?v=CHXowMvwDzA




