जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ स्थित बौद्ध मन्दिर राष्ट्रिय प्राथमिक विद्यालयमा स्थानीयबासिन्दाले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
लामोसमयदेखि विद्यालय व्यवस्थापन समिति बिहीन रहँदा पनि सम्बन्धित निकायले चाँसो नदेखाएको भन्दै स्थानीयबासिन्दाले सोमबार विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
चार वर्षदेखि सो विद्यालय व्यवस्थापन समिति विहीन रहेको छ । चार महिना अघि स्थानीयले चाँसो देखाउँदा विद्यालयले अभिभावक भेला बोलाइएको थियो ।
तर केहि कारणबस हुन नसकेको पटक पटक अभिभावक भेला बोलाउन आग्रह गर्दा विद्यालयकी प्रधानाध्यापिक राजकुमारी लामा र बटेश्वर गाउँपालिकाको शिक्षा इकाइले ध्यान नदिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय विशेश्वर महतोले बताए ।
अब स्थानीय तहको चुनावपछि मात्र अभिभावक भेला बोलाउने प्रधानाध्यापिका लामाले भनेपछि तालान्दी गरेको स्थानीयले बताएका छन् ।