जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म अब दैनिक उडान हुने भएको छ ।
करिब तीन साता अघि हप्तामा तीन दिन सञ्चालन गरको बुद्ध एयरले अब नियमित उडान भर्ने भएको हो ।
बुद्ध एयर जनकपुरधामका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले यात्रुहरुको माग अनुसार जनकपुरधाम–पोखरा–जनकपुरधाम उडान बिहिवारदेखि हप्ताको सातै दिन हुने जानकारी दिएका छन् ।
अहिले सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुँदै आएकोमा अब सातै दिन हुने उनले जानकारी दिए । फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा उडान सुरु गरेको थियो ।
पहिलो उडानमा पोखराबाट गण्डकीका मुख्यमन्त्री १८ जनाको टोली सहित मधेस प्रदेशको भ्रमणमा आएका थिए ।