महेन्द्रनगर- क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना साँझ ७ बजे देखि सुरु हुने सहमती भएको छ ।
सबै मतदान केन्द्रबाट आएको मतपेटिका दर्ता शुक्रबार नै भएपनि शनिबार विहानबाट मतगणना सुरु गर्ने तयारी थियो । शुक्रबार राति हावाहुरी तथा पानी परेकोले मतदान अवेर साँझसम्म चलेको चलेको थियो । शुक्रबार भएको मतदानमा ७०% मतदान भएको थियो ।
मतगणनाका लागि सर्वदलीय बैठक बसेर गोला प्रथाको माध्यमबाट मतगणनाका लागि वडा छनौट गरिएको छ ।मतगणना क्रमशः वडा नं.७, ६, २, ५, १, १०, ८, ९, ४ र अन्तिममा वडा नं. ३ को हुने निर्वाचन अधिकृत बिकास बस्नेतले जनाएको छ । साँझ ७ बजेदेखी सुरु हुने मतगणनाको अन्तिम मतपरिणाम भोलि साँझसम्म आउन सक्ने सम्भावना रहेको अधिकृत बस्नेतले जनाएको छ।
कुन वडाबाट मतगणना सुरु गर्ने विषयमा उम्मेदवारहरुबीच सहमति नहुँदा मतगणना सुरु गर्न ढिलाई भएको अधिकृत बस्नेतले बताए ।
यस नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका योगेन्द्र पजियार र नेकपा एमालेका सुखदेव यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
अर्कातिर उपमेयरमा नेपाली काँग्रेसकि रचना श्रेष्ठ (माथेमा) र नेकपा एमाले कि सालिनी चौधरी बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।