
औरही ।महोत्तरीमा ५५ लाख सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
औरही नगरपालिका २ स्थित जलेश्वर,रामगोपालपुर बर्दिवास सडक खण्डमा ज९प ८२४७ नं.को मोटरसाईकलमा सवार दुईजनाले बोकेको ५५ लाख नेपाली रुपयाको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
उनले पक्राउ पर्नेले उक्त पैसा कहाबाट र कुन प्रयोजनको लागि ल्याएको नखुलाएकोले थप अनुसन्धान समेत भैरहेको डिएसपी विष्टले थपे ।
पक्राउ पर्नेहरुमा औरही नगरपालिका २ चेपकट वस्ने अन्दाजी वर्ष २० को धिरज कुमार यादव र सोहि ठाउ निवासी रमेश कुमार सहनी रहेको डिएसपी विष्टले वताए ।