काठमाडौं- जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन् ।
उनलाई सबैको समर्थनमा अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष राईले बताए ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेका थिए । राई पक्षले अहिले केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरूमा संगठन विस्तार गरिरहेको बताएको छ ।
मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरका हुन्।