जनकपुरधाम- आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्र्तगत धनुषा जिल्लाको औरही गाँउपालिकामा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट आठ जना आकाँक्षी देखिएका छन् ।
गाँउपालिकाको अध्यक्ष पदका लागि देखिएका आकाँक्षीहरुमा वर्तमान गाँउपालिका अध्यक्ष ब्रहमदेव यादव, नेपाली काँग्रेस औरही गाँउपालिकाका सभापति युगल किशोर सिंह ,नेपाली काँग्रेसका युवा नेता उदित मिश्र उपनामले चिनिने सत्यनारायण मिश्र, औरही गाविसका पुर्व अध्यक्ष जगदिश मण्डलको नाम चर्चामा रहेको छ ।



त्यसैगरि अन्य आकांक्षीहरुमा नेपाली काँग्रेसका विद्यार्थी नेता हरी यादव ,काँग्रेस नेता दिनेश यादव र सुमेद साहको नाम पनि औरहीको राजनीतिक वृतमा चर्चामा रहेको छ । आकाँक्षीहरु धेरै देखिएपनि वर्तमान गाँउपालिका अध्यक्ष रहेका यादव , काँग्रेस औरही गाँउपालिका सभापति सिंह र युवा नेता मिश्र प्रति काँग्रेस कार्यकर्ताहरुको सर्मथन रहने देखिएको छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अर्थात विद्यार्थी राजनीतिबाट आफनो राजनीति प्रारम्भ गरेका वर्तमान औरही गाँउपालिका अध्यक्ष यादवले यस अघि अवसर पाएका कारण यस पटक अरुले अवसर पाउनु पर्ने अडान काँग्रेस कार्यकर्ताहरुमा रहेकोे छ ।
त्यसै गरी अर्का आकाँक्षी सिंह गाँउपािलकामा पार्टीको नेतृत्व गरीरहेका कारण अवसर अरुलाई प्रदान गर्नु पर्ने पक्षमा त्यहाँका काँग्रेस कार्यकर्ताहरु रहेका छन ।
अध्यक्षका लागि अकाँक्षी देखिएका काँग्रेस युवा नेता उदित मिश्र उपनामले परिचित सत्यनारायण मिश्रको पक्षमा भने युवाहरुको जमात देखिएको छ । २०६० साल देखि औरही गाँउपालिकामा नेपाली काँग्रेसको बुथ प्रतिनिधि भएर काँग्रेसमा राजनीति प्रारम्भ गरेका मिश्र अहिले औरही गाँउपालिकाको गाँउ कमिटि सदस्य भएर पार्टीको कामकाज गरी रहेका छन । विगतमा विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका कारण मिश्र प्रति युवाहरुको आर्कषण देखिएको हो । त्रिभुवन विश्व विद्यालयबाट स्नातक सम्मका पढाइ गरेका मिश्र नेपाली काँग्रेस निकटको संस्था वीपी कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश कमिटीमा समेत रहेर समाजका लागि कामकाज गरिरहेका छन् ।
कोरोना काल देखि विभिन्न कालखण्डमा औरही गाँउपालिकाका स्थानीय बासिन्दाका लागि विभिन्न खालका सामाजिक कार्य गरेर सहयोग गर्दै आएका मिश्रलाई यस पटक गाँउपालिकाको अध्यक्ष बन्नका लागि स्थानीय युवाहरुले समेत दबाव दिएका छन्।
औरही गाँउपालिकामा नेपाली काँग्रेसबाट आकाँक्षी धेरै देखिएको र त्यहाँको कार्यकर्ता कस्को समर्थनमा रहेको विषयमा नेतृत्वले पनि जानकारी लिएर उम्मेदवारको नाम सिफारिस हुने काँग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।




