महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका कारण नागरिकता विधयेक संसदमा छलफल हुन नपाएको बताएका छन्।




महोत्तरीको गौशालास्थित नविनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले ‘केपी ओली नामको गुट’ ले नेपालका हजारौं लाखौं नागरिकलाई नागरिकतावहीन बनाएको आरोप लगाए।
उनले भने, “मधेशमा नागरिकताको समस्या र मधेशीले अझै अधिकार पाएका छैनन्। मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेशी जनताको हक अधिकार अझ परिमार्जन गरेको थिएँ। दुई पटक संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थिएँ। अझै पनि त्यो परिमार्जन हुनुपर्छ भन्ने लडाइँमा म लडिरहेको छु।”
नागरिकता समस्या हल नगर्दा हजारौं र लाखौं युवा नेतृत्व विकासबाट वञ्चित भएका बताएका उनले अदालतले नागरिकतासम्बन्धी विषय गम्भीर मुद्दा भएकाले संसदबाट पारित गर्नुपर्ने भएकाले रोकिएको पनि बताए। उनले भने, “त्यपसछि हामीले संसदमा छलफल गर्न चाहेका थियौं। तर नेकपा एमाले नामको केपी ओलीको गुटले संसद चल्न नदिएको हुनाले नागरिकतासम्बन्धी विषयले वैधानिक रुपले संसदमा बहस हुनै पाएन।”
आफ्नो पार्टीकी नेता शशि श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति हुँदा नागरिकतासम्बन्धी समस्या समाधा गर्न प्रतिवेदन पास गरेर बुझाए पनि तर त्यतिबेलाको सरकार ९केपी ओली सरकार० ले यो विषयलाई जसरी अघि बढाउनुपर्थ्यो त्यसरी बढाउन नचाहँदा अदालतमा मुद्दा परेको बताए।
“गाउँगाउँमा सिंहदरबार बन्न थालेको कतिपयलाई मन परेको छैन”
गाउँगाउँमा सिंहदरबार बन्न थालेको कतिपयलाई मन नपरेको प्रचण्डको भनाइ थियो। “एउटै मात्र सिंहदरबार काठमाडौंमा मात्र होस्। त्यहीँबाट सबैमाथि राज गर्न पाइयोस् भन्न चाहने पार्टीहरू नेताहरू अहिले पनि छन्। गणतन्त्र आवश्यक छैन भन्ने मान्छेहरू अहिले पनि छन्,” उनले भने।
ओली सरकारतर्फत लक्षित गर्दै प्रचण्डले गत वर्ष पुस ५ गते संविधान मिचेर सबैको अधिकार खोस्ने अनि परिवर्तन उल्ट्याउने खेल भएको पनि बताए। प्रतिनिधि सभा गतल ढंगले विघटन गर्ने र देशमा प्राप्त उपलब्धि उल्ट्याउने काम ओलीबाट भएको पनि उनले आरोप लगाए।

https://www.facebook.com/shirishonline1/videos/1517568025341419
https://www.facebook.com/shirishonline1/videos/725010345212311
https://www.facebook.com/shirishonline1/videos/662976124764201
https://www.facebook.com/shirishonline1/videos/694265904961015




