जनकपुरधाम- वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी गठबन्धन गरेका छन्।
चुनावी तालमेल अनुसार महानगर मेयरमा एमालेबाट र उपमेयर लोसपाबाट उम्मेदवारी दिने सहमति भएकाेछ।
दुवै पार्टीका नेताहरूले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धनबारे जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए।
तालमेलसम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन्।
यता सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ। तर तालमेलप्रति जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।


