गौशाला(महोत्तरी)- गौशाला नगरपालिका वडा नं.१२ को वडा अध्यक्षमा ललित कुमार सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । माओवादी पार्टीबाट बिद्रोह गरेर सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।
शनिबार कान्तिबजारमा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई उम्मेदवार बनाएको हो । दल होइन व्यक्ति खोजो, पार्टी होइन स्वतन्त्र रोजो नाराका साथ सिंहले उम्मेदवारी घोषणा गरेका हुन ।
राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नया अनुहार अवसरबाट बञ्चित भएका कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको सिंहले बताए ।
माओवादीको अधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।
नेपाली काग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्याकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको सिंहले दावी गरे । वडा अध्यक्षमा निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए । सामान्य विरामी पनि उपचारकालागि बाहिर जानु पर्ने बाध्यता हटाउन वडामा इर्मेनेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा अवासिय र आग्रेजि माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका छन्।