औरही । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि औरही नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार मनोनयन दर्ताको समय तालिका सार्वजनिक गरेको छ ।
मनोनयनको लागि तोकिएको समय अनुसार आइतबार र सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीका लागि बिहान १० बजे देखि १०:३० बजे, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का लागि बिहान ११:३० बजे देखि १२:१५ बजे, जनमत पार्टीका लागि दिउँसो १२:१५ बजे देखि १ बजेसम्म मनोयनको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालय औरहीले जनाएको छ ।



त्यस्तै जनता समाजवादी पार्टीका लागि दिउँसो १ बजे देखि १:४५ बजे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लागि १:४५ बजे देखि २:३० बजे, नेपाली काँग्रोसका लागि दिउँसो २:३० बजे देखि ३:१५ बजे, लोकतान्त्रि समाजवादी पार्टीका लागि दिउँसो ३:१५ बजे देखि ४ बजे, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेनिनवादी)का लागि दिउँसो ४ बजे देखि ४:४५ बजेसम्म मनोयनको समय तोकिएको छ ।
साथै स्वतन्त्र र अन्यका लागि दिउँसो ४:४५ बजे देखि ५:३० बजेसम्म मनोयनको समय तोकिएको निर्वाचन अधिकृत कार्यालय औरहीले जनाएको छ ।




