महोत्तरी- नेकपा एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरे लगत्तै कुन्दन झाले मेयरको टिकट पाएका छन् ।
महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयरका लागि एमालेले टिकट नदिएपछि झा आजै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य तथा युवा संघको महोत्तरी जिल्ला इन्चार्ज पनि थिए । झालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी प्रवेश गराएका हुन् ।