
जनकपुरधाम- स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–५ को दलित महिला सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रिपु कुमारी देवी निर्विरोध निर्वाचित हुनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेस, जसपा, नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन रहेको छ । गठबन्धनका लागि काग्रेसको तर्फबाट उम्मेदवार बनेकी रिपुकुमारी देवी वडा सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उहाँको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।