महोत्तरी- विश्व रक्तदाता दिवसको अवसरमा जानकी एकेडमी अस्पतालले रक्तदान सम्पन्न गरेको छ ।
रेडक्रसमा देखिएको रक्त अभावलाई ध्यानमा राख्दै जानकी एकेडमी अस्पताल पर्सा देवाड महोत्तरीले आयोजना गरेको रक्तदानमा ८३ जनाले रक्तदान गरेको अस्पतालका व्यवस्थापक संजय यादवले जनाएका छन ।




रक्तदानमा सबै उमेर समूहको व्यक्तिहरुको सहभागिता रहेकोले रक्तदान प्रति सर्वसाधारण लाई जागरुक बनाउने काम समेत गरेको उनले बताए ।रक्तदानको अवसरमा जसपा केन्द्रिय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादवको प्रमुख उपस्थितिमा भएको रक्तदानमा महोत्तरीका उक्त क्षेत्रका गन्यमान व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

रक्तदानमा जानकी एकेडमीका स्वास्थ्यकर्मीहरुका साथै स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो ।




