बिबेक कुमार महतो, औरही । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ स्थित सञ्चालनमा रहेको मिथिलान्चल कम्प्युटर सेन्टरबाट करिब ४ महिना अगाडि चोरी भएको सरसमानहरु औरहीबाट बरामद भएको छ ।
गत महिना पुस ३० गते पसलमा सिसीटिभीको डिभीबक्स सहित करिव २५ लाख मूल्य वरावरको सरसमानहरु चोरी भएको थियो ।
चोरी भएको सरसमानहरु अनुसन्धानको क्रममा प्रहरीले औरही नगरपालिका वडा नम्बर १ औरही बजार स्थित सञ्चालनमा रहेको प्रिन्स स्टुडियो एण्ड मोवाईल सेन्टरवाट बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रको अनुसार गोप्य सुचनाको अधारमा घर र पसलमा खानतलासी गर्दा चोरीको सरसमानहरु पसलमा फेला परेको हो ।
प्रिन्स स्टुडियोका संचालक दिनेश साह अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्ररही निरिक्षक मिश्रले जनकारी दिए ।
https://www.facebook.com/watch/?v=1248797885928083
https://shirishnews.com/banner-news/11398.html/