धनुषाको गणेशमान चारनाथ नगरपालिकाकाे लागि नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार श्रीबिन्दु मास्के संग शिरीषले उनको उम्मेदवारी र निर्वाचित भए उनको योजना के कस्ता भन्ने सन्दर्भमा गरेको कुराकानी सारसंक्षेप उनकै भाषामा जस्ताको त्यस्तै :
धनुषाको गणेशमान चारनाथ नगरपालिकाकाे लागि नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार श्रीबिन्दु मास्के आफू त्यतिकै हैन एक भिजन र उद्देश्यको साथ राजनीतिमा हाेमिएकी र उपमेयरको काम कर्तव्य अधिकार राम्रो संग बुझेकी हुँदा नगरपालिकालाई राम्रो संग संचालन गर्न उम्मेदवारी दिएकी हुँ ।
एललबी र एमएड गरेकी मास्केले भनिन् , ' म सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुँ। मेरो सामाजिक सञ्जाल हेर्ने हो भने पनि म राजनीति र समाजिक कार्यमा कत्तिको सक्रिय छु भन्ने देख्न सकिन्छ। पार्टीको राजनीतिमा मेरो योगदान पार्टीका नेता र समाजिक अभियन्ता रहेको सबैलाईं थाहा छ।'
२०७२ को भूकम्पको समयमा होस् वा कोभिड महामारीका समयमा म निरन्तर सक्रिय रुपमा लागेको थिएँ। महिला सशक्तिकरणका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु। मेरा यी यस्ता सबै योगदानलाई मूल्यांकन गर्दै पार्टीले मलाई उपमेयर पदको उम्मेदवार बनाएको हो। नगरपालिका चलाउने सपना देख्नु पूर्व मैले घर चलाएको अनुभव छ। त्यसैले नगरपालिका भित्र सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने आधार मसँग छ। उमेदवारि किन ? कोभिडका कारण शैक्षिक क्षेत्रमा मनोवैज्ञानिक असर पुगेको छ। कोभिड महामारीका कारण घरमै बस्नुपर्दा कति विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ। कतिपय अभिभावकको रोजगारी खोसिदा बालबालिकाको शिक्षामा असर पुगेको छ। यो समस्या बालबालिकामा मात्रै होइन अभिभावमा समेत समस्या देखिन्छ। यी समस्या समाधानका लागि म विशेषज्ञहरूसँग सल्लाह गरेर विशेष कार्यक्रम ल्याउनेछु। जेष्ठ नागरिक र असहाय व्यक्तिलाई घर–घरमै सेवा पुर्याउने मेरो योजना रहन्छ।
यसका साथै *भ्रस्टाचार मुक्त नगरपालिका बनाउन! *शिक्षा क्षेत्रमा सुधार ल्याउन ! *कृषि मा सिचाई ,बिधुत,उन्नत बिउविजन,मलखाद ब्यवस्थापन गर्न! *नगर मा एम बि बि एस डाक्टर ब्यवस्था गरि दीर्घ रोघिहरुको निशुल्क उपचार को ब्यवस्था गर्न! * बेरोजगार लाई १०० दिने तालिम ब्यवस्था गरि रोजगार मुलक बनाउन *महिला दिदिबहिनीहरुलाई एक घर एक रोजगार बनाउन *न्यायपालिका व्दारा उचित ,सुलभ न्याय दिलाउन *तालिम प्राप्त स्वास्थकार्यकर्ता द्वारा प्रसुति गराई मातृशिशु मृत्युदरमा कमि ल्याउन! *नगरपालिका वाट पाउने सुविधा जस्तै-जन्मदर्ता ,मृत्युदर्ता,विवाहदर्ता,बसाइँसराइ ,सिफारिस आदि ईत्यादि जस्तो कुराहरू निशुल्क घरमै गई उपलब्ध गराउन *नदि कटान लाई रोक्न बाध निर्माण को लागि पहल गर्न *खानेपानी को ब्यवस्थापन गरि निशुल्क बितरण गर्न ! *कृषकहरू को लागि उचित बजार ब्यवस्थापन गर्न! *बिकास निमार्ण कार्यहरू गर्न! * स्वच्छ वातावरणकाे लागि पर्यावरण निर्माण गर्न एक घर रूख वृक्षारोपण गर्न । * स्वच्छ ,समृद्धि र सुन्दर नगरि निर्माण गर्न!
मास्के राजनीतिमा आउनु भन्दा अघि शिक्षण पेशा रहेकी थिइन् ।