महोत्तरी- जलेश्वर नगरपालिका वडा नं. ४ को अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार चन्द्रशेखर चौधरीले आफ्ना चुनावी “प्रतिबद्धतापत्र”
सार्वजनिक गरेका छन् । उनले जारी गरेका प्रतिबद्धता पत्रमा “कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार, स्थानीय निर्वाचनको आधार” भनेर समेटेका छन् ।
कृषि कर्म, ग्रमिण अर्थतन्त्रको मर्म
मसुरपटी–सुगाका कृषिकलाई कृषि केन्द्रित अर्थोपार्जनमा वडा कार्यालयको लगानी
किसान पहिचान कार्ड तयार पार्ने
किसानलाई प्रत्येक वर्ष आवश्यक तालिमको व्यवस्था गर्ने
वडामा किसान कोष को स्थापना गर्ने
दुध र दुधजन्य उत्पादनका लागि वडा कार्यालयले कृषकलाई प्रोत्साहन गरी जिवीकोपार्जन तथा वडाका नागरिकहरुलाई सुद्ध दुध उपल्ब्ध गराउन उत्प्रेरित गर्ने
कृषि सडक विस्तार गरी बिधुतीकरण गर्ने
सिँचाईको व्यवस्था सुधार्दै जाने
शिक्षामा लगानी, वडावासी स्वाभीमानी
मसुरपटी–सुगाका प्रत्येक बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चत गर्ने
सरकारी मापदण्ड अनुरुप मसुरपटी–सुगाका विद्यालयका कक्षाकोठाहरु पूर्ण व्यवस्थित गर्ने
शिक्षक अभावलाई स्वयंसेवी (ख्यगिलतभभच) शिक्षकको अवधारणाले निउनिकरण गर्दै जाने
विद्यालयका हरेक आन्तरिक एवम प्रशानसकि क्रियाकलापहरु डिजीटल प्रविधीबाट गर्ने
अनिवार्य अविभावक–शिक्षक बैठक÷छलफल गराइने
बाल विकासका शिक्षकहरुलाई वडाको लगानीमा “बाल शिक्षण कौशल” तालिम अनिवार्य रुपमा प्रदान गराइने
५ कक्षा देखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि नैतिक शिक्षा र संबिधानले प्रदान गरेको मौलिक हक सम्बन्धी शिक्षा प्रदान गर्न
वडा कार्यालयले भूमिका खेल्ने
वडा नं. ४ मा कम्तिमा एउटा थप प्राथिमक विद्ययालय स्थापना गर्ने
वडाको तर्फबाट प्रत्येक वर्ष लोकसेवा, शिक्षक सेवा तयारी कक्षा संचालन गराइने
कम्तीमा एउटा पुस्तकालय स्थापना गर्ने
नराखौँ दुबिधा, टोल मै दिन्छौ आधारभूत स्वास्थ्य सुबिधा
मधेस प्रदेश स्वास्थ्य निर्देशनायल ले निर्धारण गरेको सूचकको आधारमा वडा नं. ४ मा बसोबास गर्ने प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार पार्ने
सुगर, ब्लड प्रेसर... जस्ता नसर्ने रोग बिमारीको निश्लुक परिक्षण वडाबाट गरिने
आर्थिकरुपले बिपन्न परिवारका महिला गर्भवती हुँदा देखि सुत्केरी अवस्थासम्म राज्यबाट पाउने सुबिधाको उचित व्यवस्थापन सहित वडाले थप आवश्यक सुबिधा प्रदान गर्ने
बालबालिका तथा बृद्धाहरुको स्वास्थ्य सुबिधामा वडाले विशेष ध्यान दिने
मसुरपटी सुगाका जनताका लागि एम्बुलेन्स उपल्ब्ध गराउने
टोल क्लिीनीक संचालन गर्ने
थप प्रतिज्ञा
व्यवस्थित श्मशानघाट
व्यवस्थित कर्बगाह
मरेको गाईवस्तु (मालजाल) व्यवस्थापन गर्ने ठाउँ वडाले उपल्ब्ध गराउने
मसुरपटी–सुगा मा रहेका बेरोजगार युवाहरुको सूची तयार पारी उद्यमशिलताका लागि प्ररित गर्ने ।
मसुरपटी–सुगा मा रहेका सेवा निवृत राष्ट्रसेवकहरुको सम्मान गर्ने
प्रत्येक वर्ष नियमीत गाउँभेला गराउने
खेलकुदलाई संस्थागत गर्न वडाले विशेष भूमिका खेल्ने
राज्यको तर्फबाट उपल्ब्ध सामाजिक सुरक्षाका सुबिधा प्राप्त गर्न वडाले विशेष सहजीकरण गर्ने
जन्मदर्ता, मृत्युदर्ता, बच्चाहरुको पोषण भत्ता कार्ड जस्ता सुबिधाहरु डिजीटल प्रविधीबाट तपाइँको घरदैलो मा आएर वडाले सेवा प्रदान गर्ने