सिरहा । बैशाख ३० गते हुन लागिएको स्थानीय तहको चुनावको लागि सिरहाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्तालाई पैसा बाँडने क्रममा प्रहरीले पक्राउ गरिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १ स्थितबाट भोँट माग्दै भोँट वापत पैसा बाँडिरहेको अवस्थामा जसपाका स्थानीय कार्यकर्ता श्याम सुन्दर मण्डल र हरिदयाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।




उनीहरुले वडाको मतदातालाई भ्रमित गर्न पैसा बाँडिरहेको सूचना पाएपछि समयमै पुगेको प्रहरीले दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्रोत : न्युज ब्यूरो




