महोत्तरी - महोत्तरी जिल्लाको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को घरदैलो कार्यक्रम तिवता दिइएको हो ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लोसपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका औरही नगरपालिका मेयर पदका उम्मेदवार प्रदिप कुमार खडका र उप-मेयर रेणु झा सहित लोसपाको टिम घरदैलोमा व्यस्त देखिएको छ ।
आज औरही नगरपालिका वडा नम्बर १ औरहीको विभिन्न टोलमा घरदैलो गरेका थिए । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार लोसपा औरही नगरपालिकामा घरदैलो अभियान सुरु गरेको हो ।
मेयर पदका उम्मेदवार खडका र उप-मेयर पदका उम्मेदवार झा अहिले आफ्नो घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन् । आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन्