जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर पीडित शेखको आज साँझ निधन भएको हो । ०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।



अहिले नेपाली कांग्रेसबाट जनकनन्दनी गाउँपालिका अध्यक्षमा सुदेश चौधरी उम्मेदवारी दिएका छन् ।




