काठमाडौं। लेक लागेर उपल्लो डोल्पामा स्थानीय निर्वाचनका लागि खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ ।
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर ठुलोभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको प्रजिअ बेदनिधि अधिकारीले जानकारी दिए।



मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।
प्रजिअ अधिकारीका अनुसार मङ्गलवार पनि एक जना म्यादीको उद्धार गरिएको थियो । त्यहाँ लेक लाग्ने जोखिम रहेकाे उनले बताए।
उनले भने, ‘‘त्यहाँ लेक लाग्ने जोखिम छ। त्यहाँ खटिनुभएका म्यादी प्रहरीलाई हामीले सुरक्षित रहन सचेत गराएका छौँ। असहज महसुस भएमा तुरुन्त तल आउन भनेका छौँ।’’




