जनकपुरधाम- प्रदेश २ का चार मन्त्रालयमा महनिौंदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावति बनेको छ ।
सचवि वहिनि हुने मन्त्रालयहरुमा मुख्यमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय सहति आन्तरकि मामलिा तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र वाणज्यि तथा आपूर्ति कानुन, न्याय तथा प्रदेशसभा मामलिा मन्त्रालय रहेका छन् ।



ती मन्त्रालयहरुमा सचवि कै अभावमा मन्त्री परिषदको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन भने अन्य मन्त्रालयको आर्थिक र प्रशासनकि गतविधि २ महनिादेखि ठप्प छ ।
मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयहरूसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम रोकिएको छ।
प्रदेशको आन्तरिक मामलिा तथा सञ्चार मन्त्रालयमा सचवि नभएको दुई महिना भयो । मन्त्रालयका तत्कालीन सचिव वीरेन्द्र यादवको भदौमा सरुवा भएको थियो । उनको स्थानमा अर्का सचिव आएका छैनन् । सचिव नहुँदा मन्त्रालयको आर्थिक र प्रशासनिक काम अगाडि बढ्न सकेको छैन ।
सचिव नभएपछि मन्त्रालयका उपसचिव अवध कुशवाहाले निमित सचिवको जिम्मेवारी पाए । तर, मन्त्री भरतप्रसाद साहसँग उनको खटपट भएका कारण कात्तिक १ गतेदेखि बिदामा बसेका छन् । ‘सचिव नहुँदा निमित्त भएर मैले केही दिन चलाए,’ कुशवाहाले भने, ‘मन्त्रीज्यूले तपाईंसँग काम गर्न सक्दिन भनेकाले म बिदामा बसें ।’ कुशवाहाको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । मन्त्रालयमा सचिव र उपसचिवको दरबन्दी रिक्त छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि दुई महिनादेखि सचिवविहीन छ, जसका कारण मन्त्रालयको दैनिक गतिविधि सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्रीले आफ्नै मातहतमा राखेको वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा पनि सचिव छैनन् । मुख्यमन्त्रीसँग रहेको यी दुई मन्त्रालयको कार्यालय र कर्मचारीसमेत व्यवस्थापन भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३ जना सचिव हुनुपर्नेमा अहिले एक जनाको भरमा मात्र चल्दै छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको बताए । ‘सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको छ,’ प्रमुख सचिव मैनालीले भने, ‘खाली मन्त्रालयमा सचिव पठाउन अनुरोध गरेका छौं ।’
प्रदेश सरकारका मन्त्रालयहरू सचिवविहीन भएको गुनासो लिएर मुख्यमन्त्री लालबाबु राउत सोमबार राजधानी काठमाडौं पुगेका छन् । उनले सोमबार नै सामान्य प्रशासन मन्त्रीसँग भेट्न खोजे पनि मन्त्री बाहिर रहेकाले भेटघाट हुन नसकेको जनाए । ‘धेरैजसो मन्त्रालयमा सचिव छैनन् । सरुवा भएपछि अर्को पठाइदिनुपर्ने हो नि,’ मुख्यमन्त्री राउतले भने, ‘सचिव नहुँदा धेरै महत्त्वपूर्ण कामहरू रोकिएको छ । मन्त्रिपरिषद्कै बैठक बस्न सकेको छैन ।’ मुख्यमन्त्री राउतले सचिव–कर्मचारीको अभाव प्रदेश २ सरकार गठन भएदेखि नै झेलिरहेको बताए ।
सचिव नहुँदा तल्लो तहका कर्मचारीसमेत मन्त्रालयमा हाजिर गरी घर फर्किने गरेका छन् । मन्त्रालयमा कर्मचारी नबस्दा प्रदेश सरकारको मुख्यालय मधेस भवनको परिसरमा रहेका मन्त्रालयहरू सुनसान छ । समयमै सचिव नपठाउँदा मन्त्रालयहरूको बजेट खर्चसमेत प्रभावित भएको छ ।




