
भैरहवा- रुपन्देही प्रहरी द्वारा भारत वाट नेपाल तर्फ अवैध रुप मा भंसार छलि ल्याउँदै गर्दा ४ लाख ३० हजार मुल्य वरावर को चामल र चिनी रोहिणी गाउँ पालिका र ओमसतिया गाउँपालिका वाट वरामद गरेको छ।
रुपन्देही को ओमसतिया गाउँपालिका वडा नं ५ पट्खौली वाट लु १ च ७२९० नं को पिकअप गाडी मा भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुपमा ल्याउँदै गरेको अवस्था मा १९ बोरा चिनी प्रहरी ले भाद्र २१ गते वरामद गरेको छ।अवैध समान सहित पक्राउ पर्ने मा नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नं १ का पिकअप गाडी चालक ४५ वर्षिय राम प्रसाद ढकाल रहेको र पक्राउ गरिएको चिनी र गाडी को मुल्य अनुमानित ३ लाख ४७ हजार ५ सय रहेको प्रहरी ले जानकारी गराएको छ।

त्यसतै रुपन्देही को रोहिणी गाउँ पालिका वडा नं ५ बुची वाट अवैध रुप मा भारत वाट भंसार छलि नेपाल तर्फ ल्याएर सडक छेउ मा थुपारी राखेको अवस्था मा पचपन्न बोरा चामल वेवारिसे अवस्था मा प्रहरी ले फेला पारेको छ। वेवारिसे फेला परेको चामल को मुल्य ८२ हजार ५ सय रहेको अनुमान गरिएको छ।

वरामद गरिएको सम्पुर्ण समान,गाडी थप र मानिस समेत लाई थप कार्वाही को लागि भैरहवा भंसार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी निरिक्षक किशोर के.सी ले जानकारी गराए।