
महोत्तरी। आगोबाट जलेका एक पीडितलाई बर्न भाइलेन्स सरभाइवर्स (बीभीएस) नेपालले आर्थिक सहयोग गरेको छ।
सहयोगमा आगलागिबाट पीडित जलेश्वर १ कि नारायणबत्ती देवी यादव रहेकी छिन् ।
जलेश्वर १ बस्ने शंकर यादव को श्रीमती नारायणबती देबी यादवलाई छठ पर्व को दिन दियो बाल्दै गर्दा पछाडिबाट सारीमा आगो सल्किएर पछाडिको पुरै भाग जलेको थियो । आगलागि बाट पीडित उनको उपचार प्रादेशिक अस्पतालमा गरिएको थियो।
उनलाई बीभीएस नेपालले १ लाख १५ हजार ३ सय नगद जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सुनारको हात बाट हस्तांतरण गरिएको छ।
बीभीएसका फिल्ड अफिसर रीता कुमारी साहले आगलागिबाट नारायणबतीलाई औषधी उपचार खर्चमा लागेको रकम संस्थाले सहयोग गरेको बताइन् ।