
बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि आक्रमण भएको छ ।
प्राप्त जानकारीअनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबास तर्फ मत पेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि बर्दिबासका निवर्तमान मेयर बिदुरकुमार कार्कीका आफन्त र समर्थकहरुले निर्घात कुटपिट गरेको हो ।
कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षिय रोशन यादव, २२ वर्षिय रन्जित यादव र १७ वर्षिय सुनिलकुमार यादव घाइते भएको बताइएको छ।
घाइतेहरुलाई तत्काल धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पु¥याइएकोमा रोशन यादवको जनकपुरमा उपचार सम्भव नभएको हुँदा थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको छ।
स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको समर्थकहरुलाई कुटपिट गर्नेमा बर्दिबास नगरपालिकाका निर्वतमान मेयर बिदुरकुमार कार्कीको नाति सरोज कार्की, मुकेश कार्की र शेखर कार्की लगायत आफन्तहरु रहेको पीडित परिवारजनले बताएका छन् ।
कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न खोजि तथा अनुसन्धान कार्यमा जुटेको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।







