
महोत्तरी - बलात्कार मुद्दाकाे आराेपमा पक्राउ परेका महाेत्तरीकाे गाैशाला नगरपालिका १२ बस्ने ६२ वर्षीय उपेन्द्र सिंह कुशवाहाले सफाइ पाएकाे छ ।
जिल्ला अदालत महाेत्तरीका न्यायाधीश मदन बहादुर धामीको इजलासले उनलाई सफाइ दिएको हो ।बलात्कार मुद्दाको आराेपमा पकाउ परेका कुशवाहा विगत ८ महिनादेखि कारागारमा रहेका सिंह आज बिहान रिहा भएका छन् ।

गत पुस २९ गते पक्राउ परेका सिंह राजनीतिक तथा व्यक्तिगत रिसिविसका कारण आफुलाई झुठा मुद्दा लगाएको सिंहले बताए ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कुशवाहालाई गत पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको थिए । अदालत स्रोतका अनुसार दावी विरोध नपुगेपछि प्रतिवादी कुशवाहाले अभियाेग दाबीबाट सफाइ पाएका हुन् ।