धनगढी। कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले शुरुआती अग्रता लिएको छ।
पहिलो एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौराले ३४ मत प्राप्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए।


