
धनगढी- सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ। कमिटीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी निर्वाचित भएका हुन्।
धनगढी १६ मा रहेको भादा होमस्टेको सभाहलमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट जोशीको नेतृत्वमा प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हो।
महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भए ।
सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको बताइएकाे छ ।
नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियाननै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए।
कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्द, बरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी लगायतकाे उपस्थिती रहेकाे थियाे।