
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका कार्यालय स्थलमा शनिबार मध्यान्ह फेरि झडप भएको छ ।
कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरु बीच झडप भएको हो । मतगणनाका लागि गाउँपालिका कार्यालय भित्र सर्वदलीय बैठक भईरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताहरु बीच झडप भएको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय पनि कौडेनामै छन् ।
कौडेना गाउँपालिका–४, मोतिपुरमा पुन: मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्नेमा विवाद भएको बताईएको छ ।