
महोत्तरी - बर्दिवास नगरपालिका १ स्थित हातीमारा खोलामा पुल निर्माणको लागि साईबाबा निर्माण सेवा जनकपुरधाम सम्झौता गरिएको छ। पुल निर्माण पश्चात नगरपालिकाको १ र ३ नम्बर वडाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने स्थानीयले बताएका छन् ।
पुल निर्माण पछि नगरपालिकाको दमार,राईमण्डल,भ्यागुते रातमाटेका स्थानियलाई बर्षाको समयमा आबत जाबत गर्नमा सहज हुँने बर्दिवास नगरपालिका १ का स्थानिय ज्ञान बहादुर बस्नेतले बताए । निर्माण सेवा जनकपुरधाम संग २०८०–१२–२१ गते सम्झौता अनुसार पुल २०८१ असार मसान्त भित्र सम्पन्न गर्नु पर्ने छ।
बर्दिवास नगरपालिकाको १ करोड १२ लाख ६८ हजार ९ सय ८५ रुपैयाँ बजेटबाट निर्माण ठेक्का कबोलको जिम्मेवारी पाएको पुलको लम्बाई २८ मिटर र चौडाइ ८.४.० मिटर रहेको बर्दिवास नगरपालिका योजना शाखाका अधिकृत दिपक पौडेलले जानकारी दिए ।