
औरही । महोत्तरीको औरही नगरपालिकामा मतगणना सुरु भएको छ ।
वडा नं १ बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए ।
औरही नगरपालिकामा पुरुष ७ हजार १५६ र महिला ७ हजार ३८१ गरी जम्मा १४ हजार ६३७ मत खसेको छ ।
नगरपालिकामा कूल मतदाता १९ हजार ४ सय २२ रहेको छ ।