
गौशाला। महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता बढाउँदै गएको छ ।
१ हजार ६८९ मतगणना गर्दा जनता समाजवादी पार्टीका उम्मेद्वार डाक्टर दिपेन्द्र महतो ४३५ मत ल्याएर अग्रता लिएको छ भने उनलाई नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योञ्जनले ३५३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २७३ मत ल्याएर पछ्याई रहेका छन् ।
यस्तै नेकपा एमालेका २२६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसले १८५ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयर पदमा पनि जसपाकी रेणु कुमारी महतोले ४४३ मतका साथ अग्रस्थानमा छिन् भने माओवादीले ३३५ र लोसपाकी उपमेयर उम्मेद्वारले ३११ मत पाएर पछ्याई रहेकी छिन् ।
यस्तै, वडाध्यक्षमा जसपाले ३७४ मत प्राप्त गरेर अग्रता कायम गरेको छ भने माओवादीले ३३८ मत र लोसपा ३१७ मत प्राप्त गरेर पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाको १६९ मत प्राप्त गरेका छन् ।