गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ मा पछिलल्लो मतपरिणाम अनुसार जसपा नेपालले अग्रता कायम राखेको छ ।
कुल ८ सय मतको गणना हुँदा मेयरमा जसपा नेपालले ३८१, नेपाली काँग्रेसले १६३, नेकपा माओवादीले ६३, लोसपा नेपालले ६२, नेकपा एमालेले ३ मत ल्याएका छन् ।



यस्तै उपमेयरमा जसपा नेपालले ३७६, नेपाली काँग्रेसले १६७, नेकपा माओवादीले ६८, लोसपा नेपालले ६५, नेकपा एमालेले २ मत ल्याएका छन् ।
यस्तै, वडाध्यक्षमा जसपा नेपालले ३०८, नेपाली काँग्रेसले १७२, नेकपा माओवादीले ७६, लोसपा नेपालले ७०, नेकपा एमालेले ० मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।




