
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्।
उनले चार हजार ८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत ल्याएका छन्।
त्यसैगरी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ७०७ मत प्राप्त गरेका छन्।
गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्र विजयी भएको छ। माओवादीकी गीता देवीले ३ जार ५२३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले दुई ६३७ मत प्राप्त गरेकी छन्।
२०७४ सालको निर्वाचनमा रामनगर गाउँपालिकाबाट नेपाली कांग्रेसबाट कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए।