औरही – महोत्तरीको औरही नगरपालिकामा वडा नम्बर ७ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट वडाध्यक्षका उम्मेदवार जितेन्द्र यादव १८१ मतान्तरले निर्वाचित भएका हुन् । उनले ६०२ मत ल्याएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्धी नेपाली काँग्रेसका उम्मेदवार बिनय झाले ४२१ मत पाएका छन् ।



जितेन्द्र यादव वडामा निर्वाचित भएसँगै औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट निर्वाचित हुनेको संख्या तिन पुगेको छ ।
यस अघि वडा नम्बर १ मा योगी चौधरी र वडा २ मा दरेश यादव निर्वाचित भएका छन् ।

https://shirishnews.com/banner-news/19201.html/




