काठमाडौं। भारतले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट शृङ्खलामा ’क्लिन स्वीप’ गरेको छ। भारतले वेस्ट इन्डिजलाई १७ रनले हराउँदै शृङ्खला ’क्लिन स्वीप’ गरेको हो ।
१ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो।
वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रनको योगदान गरे भने, रोमारियो शेफर्डले २९ र रोभम्यान पावेल २५ बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका हर्षल पटेलले ३ विकेट लिए भने शार्दुल ठाकुर, भेनकटेश ऐर र दीपक चाहरले २–२ विकेट लिए । त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनायो।
भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो।