महोत्तरी- महोत्तरीमा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बिहिवार दिउँसो महोत्तरीको औरही नगरपालिका - ७ भोएल स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा पर्ने सोनामाई मन्दिर अगाडी प्र २-०२-००१ च०५०२ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा करिब ६ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको मुचुल्का टोलि इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा औरही नगरपालिका १ स्थित औरही बजारमा रहेको राधाकृष्ण स्वास्थ चौकीमा मृत्यु भएको हो।
बालिका औरही नगरपालिका - ७ भोएल स्थित सोनामाई मन्दिर अगाडी रहेको श्री सोनामाई आधारभूत बिधालयबाट छुट्टि भएर घरजाने क्रममा बाटो क्रस गर्ने बेला दुर्घटना भएकोछ। ठक्कर दिने पिकअप करिब ४ किलोमिटर दक्षिण औरही नगरपालिका ८ टिम्कियामा छोडेर चालक फरार भएको प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने पिकअप ईलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।